पेट्रोलको मूल्य अझैं घटाउन २४ घण्टे अल्टिमेटम

पुष ७, काठमाडौँ- घटाउन नेपाल आयल निगम र सरकारलाई २४ घण्टे अल्टिमेट दिएको छ । निगमले शुक्रबार घटाएको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नभएको भन्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् ।
आज नेपाल ल क्याम्पसमा बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले मूल्य घटे अनुसार यातायात भाडा घटाउन पनि माग गरेको छ । ‘निगमले मूल्य घटाए पनि अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको भाउ कम भएको छैन’, बैठकपछि नेवि संघका प्रवक्ता यूपी लामिछानेले भने,’यातायात भाडा पनि सोही अनुसार घट्नु पर्छ ।’
निगमको शुक्रबार बसेको सञ्चालन समितिको बैठके पेट्रोलमा प्रतिलिटर ७ र डिजेलमा साढे पाँच रुपैयाँ घटाउने निर्णय गरेको थियो ।
बैठकले त्रिभुवन विश्वबिद्यालयले सहमति विपरीत उपत्यकाका आंगिक क्याम्पसमा सेमेस्टर सिस्टम सञ्चालनको लागि फाराम वितरण गरेको भन्दै विरोध जनाएको छ ।
२४ घण्टाभित्र तेलको मूल्य थप नघटाइए पर्सी बस्ने बैठकले आन्दोलनको कार्यक्रम घोषणा गर्ने विद्यार्थी संगठनले जनाएका छन् ।
विद्यार्थी संगठनहरुले भोलि विहान समयमै संबिधान निर्माणको लागि राजधानीको माइतीघर मण्डलादेखि बानेश्वरस्थित संबिधानसभा भवनसम्म निन्द्रा जुलुस प्रदर्शन गर्ने भएका छन् ।