चिलिमेका सेयर जालसाजी गरेर विक्रि गरि मुनाफा खाने सात पक्राउ, छ जना ज्योती बैंकका कर्मचारी

पुष ६, काठमाडौँ-  सस्तो मूल्यमा सेयर खरिद गरी विक्री गरेर चिलिमेका स्थानीयवासिन्दा ठगेको आरोपमा प्रहरीले सात जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्योती विकास बैंकका छ जना कर्मचारी छन् भने एक जना रसुवाका स्थानीयवासिन्दा छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार ज्योती विकास बैंककी २७ वर्षकी सुमित्रा लम्साल, ३२ वर्षकी अनिता महर्जन, २५ वर्षकी निधि दाहाल, ३५ वर्षकी बबिता खतिवडा र २७ वर्षका दावा छिरिङ्ग लामा र स्थानीयवासिन्दा २६ वर्षका दिनेश तामाङ छन् ।

पक्राउ परेका सबैमाथि प्रहरीले बैंकिङ्ग कसुर ठगी मुद्धामा म्याद थप लिई अनुसन्धान गरिरहेको प्रहरीले जारी प्रेस विज्ञप्तिमा छ ।