राप्रपा नेपालको मेची–महाकाली रथयात्रा पुस ९ बाट सुरु हुने

पुष ६, काठमाडौँ- यसअघि पनि पटक पटक हिन्थु राष्टका लागी भन्दै रथ यात्रा चलाएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले फेरी पनि रथयात्रा गर्ने भएको छ ।  राप्रपाले निर्धारित समयमा संविधान जारी गर्न तथा नयाँ संविधानमा हिन्दू राष्ट्र सुनिश्चित गर्न १० दिने मेची–महाकाली सङ्कल्प रथयात्रा चलाउन लागेको प्रवक्ता राजाराम श्रैष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार मेची–महाकाली–श्री पशुपतिनाथ हिन्दूराष्ट्र पुनःस्थापना सङ्कल्प रथयात्रा नाम दिइएको उक्त रथयात्रामार्फत नेपाललाई सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र कायम गर्न दबाब सिर्जना गर्न लागीएको हो ।

झापाबाट यही पुस ९ गतेबाट सुरु भई तराईका सबै र पहाडका आठसमेत ३० जिल्लाको यात्रा पार गरेर पुस १८ गते काठमाडौँको टुँडिखेलमा समापन हुने कार्यक्रम तय भएको छ ।  १० दिने उक्त रथयात्राले १९२९ किमिको दूरी पार गर्ने छ। सो क्रममा १०८ वटा सभा हुने र त्यसलाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने कार्यक्रम छ।

संविधान लेखन र सामाजिक तथा धार्मिक सद्‌भाव कायम राख्ने दबाब दिने उद्देश्यले रथयात्रा गरिएकाले सबै पक्षको सहयोगको अपेक्षा गरिएको अध्यक्ष कमल  थापाले बताए। संविधानसभाले विगतमा पारित गरेको जनतासँग प्रतिक्रिया लिने समयसँग तालमेल हुने गरी रथयात्रा तय गरिएको जानकारी दिँदै उनले तर ठूला दलहरुको व्यक्तिगत स्वार्थ र अकर्मण्यताले गर्दा जनताको राय सुझाव लिने काम अझै हुन नसकेको उनले आरोप लगाए।