ज्येष्ठ नागरिकलाई कम्बल वितरण

मंसिर २९, काठमाडौं –विकास पन्त स्मृति प्रतिष्ठान काठमाडौँको गोल्फूटारस्थित श्री दिव्य सेवा सदन निकेतनमा आश्रित ज्येष्ठ नागरिकहरूलाई आज कम्बल तथा खाद्यवस्तु वितरण गरेको छ ।

प्रतिष्ठानका संरक्षकसमेत रहनुभएका पूर्व मन्त्री छविराज पन्तले आश्रमका जेष्ठ नागरिक आमाहरूलाई कम्बल, खानेकुरा र फलफूल वितरण गर्दै विश्वमा समाजसेवाभन्दा ठूलो अर्काे कुनै सेवा नभएको बताएका छन् ।

स्थापना कालदेखि नै सामाजिक, शैक्षिक र रचनात्मक गतिविधि गर्दै आएको प्रतिष्ठानले विकास पन्त स्मृति दिवस पारेर सो कार्यक्रमको आयोजना गरेको हो ।