सहवासको आनन्द कुन उमेरमा बढी ?

sexlive-360x360

एजेन्सी । गास, वास, कपास र सहवास मानवीय जीवनका आधारभूत आवश्यकता नै हुन । यीमध्य सबैभन्दा रुची मानिसले सहवासका कुरामा राख्ने गर्छ । सहवासको कुरा गर्दा मानिसलाई कुन उमेरमा बढी सहवास अर्थात सेक्स गर्ने इच्छा हुन्छ भन्ने जान्न मन लाग्नु स्वभाविक हो ।
अहिलेसम्म पुरुषले भन्दा महिलाले पाको उमेरमा बढी सेक्स गर्न रुचाउँछन् भन्ने मान्यता थियो । तर एटलान्टाको एक सेक्सटोय बनाउने कम्पनी ‘लवहनी’ भने भने उक्त मान्यतालाई गलतसिद्ध गरिदिएको छ । १८ देखि ६५ वर्षसम्मका महिला पुरुषलाई सहभागी बनाइएको सर्वेले पुरुषले १८ वर्ष र महिलाले ३५ वर्षमा सेक्सको बढी मजा लिन्छन् भन्ने मान्यतालाई गलत प्रमाणित गरेको हो ।
नयाँ सर्वेले महिलाले सहवासको सबैभन्दा बढी आनन्द २६ वर्षमा र पुरुषले ३२ वर्षमा लिने गरेको पाइएको छ । सर्वेले एउटा नयाँ कुरा पनि के पत्ता लगाएको छ भने अधिकांस पुरुषले १७ र महिलाले १६ वर्षमा आफ्नो कुमारित्व भंग गर्ने गरेको पनि पाइएको छ । सर्वेमा सहभागीहरूले पहिलो सेक्सपछि सबैभन्दा बढी आनन्द लिन महिलाले १० वर्ष र पुरुषले १५ वर्ष पर्खनुपरेको पनि खुलासा गरेका थिए ।