मंसिर १५, काठमाडौं– दुई किलो ढिके सुनसहित आरके ज्वेलर्सका कामदार पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दरबारमार्गबाट केही बेरअघि दुई किलो सुनसहित ज्वेलर्सका सन्नी श्रेष्ठलाई पक्राउ गरेको हो। क्षेत्रपाटी बस्दै अाएका उनी काठमाडौँ २५ मखनका स्थायी वासिन्दा हुन्।
हवाईमार्ग र स्थलमार्गबाट अवैध सुन भित्रिँदा वैध सुनको बिक्री घटेपछि प्रहरी सुन तस्करीमा सक्रिय समूहको खोजीमा जुटेको थियो। आइतबार बरामद भएको सुन चीनबाट भित्रिएको प्रहरीको आशंका छ। ‘सुन तस्करीबारे अनुसन्धानका क्रममा दरबारमार्गबाट श्रेष्ठ पक्राउ परे,’ महाशाखाका प्रमुख पुष्कर कार्कीले भने, ‘सो समूहका अन्यको खोजी सुरु गरेका छौं।’

 
				
					                
                