संवाद समितिले विबादित विषयमा आज पनी छलफल गर्दै

मंसिर १काठमाडौँ-केही समय यता गतिहिन बनेको आरोप खेपीरिहेको राजनीतिक संवाद तथा सहमतिले आज छलफल गर्ने भएको  छ । शिर्ष नेता सहभागी हुने बैठकमा संविधानका विवादित विषयमै छलफल हुने जनाइएको छ । सत्तारुढ कांगे्रस र एमालेले ल्याएको संविधानका विवादित विषयहरुको संयुक्त प्रस्तावको विषयमा सत्तारुढ र एकीकृत माओवादीसहितको विपक्षी दलहरुबीच तिब्र मतभेद हुन थालेको छ । सत्तारुढ दलले आफ्नो प्रस्ताव संविधानसभामा पठाउन हस्ताक्षर अभियान थालेका छन् ।  बैठक  दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।