मंसिर १, काठमाडौं-अफगानिस्तानमा सांसदहरुको एक सवारी साधनलाई लक्ष्यगरी गरिएको एक आत्मघाती आक्रमणमा सो सवारी साधनमा सवार रहनु भएका प्रमुख महिला सांसद सुक्रिया बाराक्जाई भने उक्त आक्रमणबाट बाँच्नु भएको छ ।
उहाँलाई सामान्य चोट मात्र लागेको अफगान गृह मन्त्रालयका प्रवक्ता सेदिक सेदिकीले बताउनु भएको छ । उक्त आत्मघाती आक्रमणमा तीन सर्वसाधारणको भने मृत्यु भएको छ ।
सो आक्रमणमा अन्य २२ व्यक्ति घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । एक कारमा विस्फोटक पर्दाथ बोकी गईरहेको आत्मघाती आक्रमणकारीले बायाँतर्फबाट गईरहेको सांसदको सवारी सधानलाई लक्ष्यगरी विस्फोट गराएको बताइएको छ ।
पश्चिम काबुलमा अवस्थित सांसदभवनको नजिकै भएको यस दुर्घटनाबाट सांसदको सो सवारीसाधन नराम्ररी क्षतिग्रस्त भएको जनाइएको छ ।
यस आक्रमणबाट तीन व्यक्तिको मृत्यु हनुको साथै अन्य २२ जना घाइते भएको पनि सेदिकीले प्रष्ट पार्नु भएको छ ।
बाराक्जाई अफगानिस्तानमा महिला अधिकारको लागि प्रसिद्ध अभियानकर्ताको रुपमा रहनुभएको छ । उहाँलाई तालिवानलगायत अन्य इस्लामिक अतिवादी समूहले कयौं पटक मार्ने धम्की दिएको बताइएको छ ।
तर आइतबार भएको यस आक्रमणको जिम्मा भने कुनै पनि समूहले लिएको छैन् । उक्त आक्रमण अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पाकिस्तानको दुई दिने भ्रमण पूरा गर्नु भएपछि भएको छ ।
सो भ्रमणपछि घानीले पाकिस्तानसँगको सम्बन्ध सुधार भएको र यसैवर्षको अन्त्यबाट अफगानिस्तबाट एक दशकभन्दा बढीसम्म तालिवानसँग युद्धरत नेटो सैनिक फर्किएपछि अफगानिस्तानको अशान्त क्षेत्रको सुरक्षामा पाकिस्तानले सघाउने समेत बताएका छन । रासस ,एएफपी