एसीसी यु–१९ क्रिकेट: नेपाल अफगानिस्तानसगँ पराजित

कात्तिक २९, काठमाडौँ-एसिसी यू १९ त्रिकेटमा नेपाल अफगानिस्तानसगँ पराजित भएको छ । कुवेतमा भइरहेको खेलमा नेपाल अफगानिस्तानसगँ ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १३४ रनको लक्ष्य अफगानिस्तानले ३६ ओभरमा ५ विकेट गुमाएर जित हात पार्न सफल भएको हो ।
नेपालका लागि योगेन्द्रसिंह कार्कीले ७५ बल खेल्दै सर्वाधिक २३ रन बनाए । राजु रिजालले ६१ बलमा २१ रन, सुनिल धमालाले ३९ बलमा १७ रन, सन्दिप सुनारले २३ बलमा १७ रन जोडे ।
त्यसैगरी सौरभ खनालले १३ बलमा १३ रन र आरिफ सेखले १७ बलमा १० रन जोडे । दिपेन्द्र एरीले १८ बलमा १० रन जोडे । इर्साद अहमद ३ रनमा आउट भए । नेपालका प्रेम तामाङ र अर्जुन चापागाइँले खाता खोल्न सकेनन् ।
अफगानिस्तानका लागि रसिद खानले नेपालका चार विकेट लिए । त्यसैगरी जियाउर रहमान र साहिदउल्लाले समान दुर्इ दुर्इ विकेट लिए । त्यसैगरी तारिकको नाममा एक विकेट रह्यो ।