भारतीय सेनाध्यक्ष काठमाडौंमा

कात्तिक २७, काठमाडौं-भारतीय सेनाका स्थल सेनाध्यक्ष दलवीर सिंह नेपालको चार दिने औपचारिक भ्रमणका सिलसिलामा बुधबार काठमाडौं आइपुगेका छन्। प्रधानसेनापति गौरवशमशेर जबराको निमन्त्रणामा  ६ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै सिंह नेपाल आएका हुन् । नागरिक दैनिकमा समाचार छ ।
उनले भारतीय सेनाध्यक्ष सिंहले सैनिक मञ्चस्थित वीर स्मारकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। नेपाल सरकारका तर्फबाट नेपालको मानार्थ महारथी दर्जा प्रदान कार्यक्रममा सहभागी हुन उनी नेपाल आएका हुन्।

उनलाई बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति रामवरण यादवले उक्त दर्ता प्रदान गर्नेछन्। नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्षले प्रधानमन्त्री र रक्षामन्त्रीसँग समेत भेटवार्ता गर्नेछन्।