विद्यालयको बस दुर्घटनामा १६ को मृत्यु

कात्तिक २०, काठमाडौँ -इजिप्टमा एक विद्यालयको विद्यार्थी बोकेको एक बस तेलको एक ट्याङ्करसँग ठोकिँदा भएको दुर्घटनामा कम्तीमा १६ व्यक्तिको मृत्यु भएको छ ।
उत्तर इजिप्टमा एक माध्यामिक विद्यालयको विद्यार्थी बोकेर गईरहेको सो बस दुर्घटनाग्रस्त भएको थियो । कायरोबाट १६० किलोमिटर उत्तरमा पर्ने दमानहुर सहरको निले डेल्टानजिकै भएको सो दुर्घटनामा अन्य १८ जना घाइते भएका जनाइएको छ ।
  घाइते मध्ये केहीको अवस्था चिन्ताजनक छ । तर  उक्त दुर्घटनामा कति विद्यार्थीको मृत्यु भएको हो सो भने चिकित्सक स्रोतले हाल प्रप्ट पार्न नसकेको छैन् ।
दुर्घटनामा मारिएका १६  व्यक्ति चिन्न नसकिने गरी जलेको हुनाले विद्यार्थीको सङ्ख्या कति हो प्रष्ट नभएको जनाइएको छ । प्रान्तीय गभर्नर मुस्ताफा हाद्हुद इजिप्टेली टेलिभिजनमार्फत अबिरल वर्षापछि सडक चिप्लो भएर सो दुर्घटना भएको बताउनु भएको छ ।
इजिप्टमा सडक दुर्घटना एक साधारण घटनाको रुपमा हुने गरेको बताइन्छ । गतवर्ष भएको सडक दुर्घटनामा त्यहाँ एकहजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ ।