एमाले केन्द्रीय कमिटीको बैठक २२ गते सम्मका लागी स्थगित

कात्तिक १८, काठमाडौँ- नेकपा एमालेको मंगलबारको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । यही कात्तिक १४ गतेदेखि प्रारम्भ भएको तेस्रो पूर्ण बैठकमा कार्यविभाजनलगायतका महत्वपूर्ण कार्यसूची भएपनि संविधानसभाका कार्यमा नेताहरु व्यस्त हुनुभएकाले यही २२ गते बस्ने गरी बैठक स्थगन भएको एमालेका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । कात्तिक १४ गतेको बैठकमा नेता माधवकुमार नेपालले पार्टी नेतृत्वले एकलौटी रुपमा कार्यहरु गरेको विषयमा लिखित ध्यानाकर्षण गराउनुभएको विषयमा पनि पार्टीभित्र छलफल हुन पाएको छैन ।