यसरी धनी भए शाहरुख खान

कात्तिक  १८, एजेन्सी – ६ सय मिलियन डलर कमाइका साथ शाहरुख खान सबैभन्दा धनी भारतीय कलाकारको सूचीमा परेका छन् । यसै वर्ष मेमा उनी संसारका दोस्रो धनी अभिनेता घोषित भएका थिए ।

सिंगापुरको वेल्थ एकस कम्पनीले गरेको एक सर्भेमा टप टेनको सूचीमा एकमात्र भारतीय स्टार थिए उनी । उनले टम क्रुज,जोनी डेप र टमह्याक्स जस्ता हलिउड स्टारलाई पछाडि पारेका थिए ,भारतका त सबै स्टारलाई पछि पारे ।

शाहरुख बलिउडका सबैभन्दा व्यस्त स्टारमध्ये एक हुन् । उनको कमाई फिल्ममा अभिनयबाट मात्रै होइन,निर्माण र टिभी सञ्चालनबाट पनि हुन्छ । त्यसका साथै उनी आइपिएल र अरु ब्रान्ड प्रबद्र्धनमा व्यस्त हुन्छन् । उनी विज्ञापनबाट पनि राम्रो कमाउँछन् । उनी अहिले करिब ४० वटा ब्रान्ड प्रबद्र्धदनमा लागिपरेका छन् । ६ महिना पहिले मात्रै उनले डिटिएचको तीन दिने सुटिङका लागि मात्रै उनले सात करोड रुपैयाँ लिएका थिए । त्यसका साथै अवार्ड कार्यक्रम चलाउने,विवाह पार्टी वा कार्यक्रममा नृत्य गरेर पनि उनको कमाइ हुन्छ । विवाहमा नृत्य गरेको उनी करोडौं रुपियाँ लिन्छन् । केही पहिले उनले दुवइमा एक विवाहमा नृत्य गरेको आठ करोड लिएका थिए । त्यस्तै मुम्बइमा भएको एक विवाहमा आधा घन्टा सहभागि हुँदा उनले पाँच करोड लिएका थिए । उनलाई हरेक वर्ष २ सय ५० भन्दा बढी बिबाहबाट निम्ता आउँछन्,तर केबल १० वटामा मात्रै सहभागि हुन भ्याउँछन् ।