अधिकृत सहित मालपोतका ७ कर्मचारीविरुद्ध भ्रस्ट्राचार मुद्दा

कात्तिक १५, काठमाडौँ -मालपोत कार्यालय ललितपुरका कर्मचारीले ललितपुर उप महानगरपालिका—३ (ङ) अन्तर्गतको कित्ता नम्बर ८८२ को १३ आना ३ दाम क्षेत्रफलको सरकारी जग्गा वितरण गर्ने अधिकार नै नभएको तत्कालीन नगर पञ्चायतको सभा घर बनाउनको लागि उपलब्ध गराइ भ्रस्ट्राचार गरेको ठहर गर्दै अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

भ्रष्ट्रचारी ठहर गर्दै अख्तियारले मुद्दा चलाएकाहरुमा सो कार्यमा संलग्न ललितपुरका तत्कालिन प्रमुख मालपोत अधिकृत हरि बखती, उपसचिव पद्मनीधि सोती, नायब सुब्बा रामप्रसाद भुषाल, नायाब सुब्बा बिमल ढकाल, नायब सुब्बा कृष्ण कुमार केसी, नायब सुब्बा सूर्यप्रसाद कोइराला र तत्कालीन नापि कार्यालय ललितपुरका नापी अधिकृत भरत सिं ऐर छन्। सातै जनाउपर जम्मा बिगो ६६ लाख रुपैयाँ माग गर्दै शुक्रबार अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको हो। ७ जना उपर जम्मा बिगो ६६ लाख रुपैयाँ कायम गरी व्यवस्थित कैदजरिवाना र बिगो असुलीको माग अख्तियारले गरेको छ। नागरिक दैनिकमा खबर छ ।