एउटा साथीको रिलीज डेट अचानक सरेपछि

कात्तिक १४, काठमाडौँ -आजबाट प्रदर्शनमा आउने भनिएको सिनेमा एउटा साथीको रिलिज डेट एक हप्ता पछी धकेलिएको छ । हल संख्या कम हुने भएपछी अनु अघिल्लो हप्ता प्रदर्शनमा आएका सिनेमाहरुले दर्शकबाट राम्रै साथ पाईरहेको अवस्था झन सजिलो बनाउन यो सिनेमा सारिएको हो । अब सिनेमा कार्तिक २१ मा रिलिज हुनेछ ।

सञ्चारकर्मी लक्ष्मण सुवेदिक निर्देशन रहेक यो सिनेमामा सुशिल पंगेनीको कथा छ । निर्देशक सुवेदीले हल कम पाउने अवस्था भएपछी अन्तिममा सिनेमा सारिएको बताए । सिनेमामा सलोन बस्नेत, अनु शाह, रिस्ता बस्नेत, जोन तामाङ, शिशिर भण्डारी, एलिषा खड्का, रेन थापा लगायतका कलाकारहरुको अभिनय छ ।