सत्ताको छलफलले संविधानमा अलमल

काठमाडौं, कात्तिक १२ printनयाँ संविधानको अन्तर्वस्तुमा सहमति जुट्नु अघि नेताहरुबीच माघ ८ पछि सत्ता समिकरणको विषयले समेत प्रमुखता पाउदा निर्णयमा ढिलाई भएको छ । आजको कान्तिपुर दैनिक लेख्छ सत्ताको नेतृत्वको विवाद बढ्दा संविधानका विषयमा समेत अलमल भएको बैठकमा सहभागी स्रोतले बतायो ।
स्रोतका अनुसार कांग्रेस माघ ८ पछि पनि प्रधानमन्त्री नछाड्ने अडानमा छ । एमालेले अध्यक्ष केपी शर्मालाई प्रधानमन्त्रीको रुपमा अनौपचारिक ढंगले लविङ्ग गरिरहेको छ । एमाओवादीले पनि माघ ८ पछि आफ्नो ुस्पेसु दावी गरिरहेको छ।

माघ ८ पछि कसले के पाउने भन्नेमा नेताहरुबीच शीर्ष तहमै कुरा हुन थालेको छु, एमाओवादीका एक नेताका अनुसार समिकरणको टुंगो लागे संघीयतामा मतैक्य हुने अवस्थामा दलहरु पुगेका छन् । सुरुमा अनौपचारिक ढंगले हुने त्यस्ता छलफल पछिल्लोपटक भने दुई पक्षीय तहमा औपचारिक रुपमै हुन थालेका छन् ।

खासगरी संविधान जारी भएपछि महत्पूर्ण दुई पद राष्ट्रपति र प्रधानमन्त्री को हुने भन्नेबारे संवाद हुन थालेको हो ।

यसबारे मंगलबार एमाओवादीको स्थायी समिति बैठकमा समेत अध्यक्ष पुष्पकमल दाहालले प्रसङ्ग राखेका थिए । संघीयता र शासकीय स्वरुपका गहन मुद्धालाई सत्ता समिकरणले अल्मलाएको छु, दाहालले सुनाएका थिए । उनले कांग्रेस र एमाले मिलेर आफूहरुलाई एक्लाउन सक्ने र कुनै पनि महत्वपूर्ण पदमा स्पेस नदिने खतरा रहेको समेत ब्रिफिङ गरेको ती नेताले बताए ।

सहमति खोज्न मंगलबार बिहान संवैधानिक राजनीतिक संवाद समिति र बेलुका एमाले र एमाओवादी दुक्ष पक्षीय बैठक समेत भएको थियो । दुवै बैठक निष्कर्षविहीन बनेका थिए । द्विपक्षीय छलफलमा पनि यसअघि जस्तै नेताहरुले आपसी अडान कायमै राखे । संघीयताको बिषयमा एमालेले थोरै प्रदेश बनाउनुपर्ने भन्दै एमाओवादीलाई लचक हुन आग्रह गरेको छ भने एमाओवादी पनि पुरानै अडानमा छ । पहिचान झल्किने खालको नामाकरण हुनुपर्नेमा एमाओवादीका बढ्ता जोड छ ।

बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले  कम भन्दा कम प्रदेश बनाउने बिषयमा सहमति जुटाउने काम भइरहेको बताएका थिए । कुनै एउटा गाँउमा एउटा जातीको बाहुल्य छैन । प्रदेश बनाउदा यो कुरा ख्याल गर्नुपर्छ भन्ने कुरा छु गौतमले भने । एमालेले बढीमा ६-७ प्रदेश सम्म सहमति खोज्न सकिने कुरा गरिरहेको छ । एमाओवादी त्यसमा तयार नहुने हो भने ४ प्रदेश तर्फ फर्किने चेतावनी एमाले नेताहरुले दिइसकेका छन् । दुई दलबीच ठोस सहमति नभएपनि संविधान सभाको कार्यतालिका भित्रै विवाद मिलाउन  प्रयास गर्ने भन्दै नेताहरु उठेका छन् ।

विवाद नमिलेकै माघ ८ पछिको पद बाँडफाँड नमिल्नाले होु, प्रधानमन्त्री सुशिल कोइराला निकट रहेका कांग्रेसका एक नेताले भने नयाँ संविधान आएपछिको राष्ट्रपति र प्रधानमन्त्रीको पद अहिले टुंग्याउनुपर्छ भन्ने भनाई एमाले र एमाओवादी दुवै पार्टीको छ ।

एमाओवादी नेता एवं संवाद समितिका अध्यक्ष बाबुराम भट्टराईले नेताहरुको व्यक्तिगत आकांक्षा र नीजि कुरालाई सम्वोधन नगरेसम्म संविधान निर्माणमा सहमति बन्न गाह्रो हुने अघिल्लो दिन प्रतिक्रिया दिएका थिए ।  उनले यो बिषयलाई प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीसँगको बेग्लाबेग्लै भेटमा समेत राखेका थिए ।