श्रीमानद्वारा श्रीमतिको हत्या

कात्तिक ६, काठमाडौँ-पाचथरको पञ्चमी गाउं विकास समिति वडा नम्बर–१ गोपेटारमा श्रीमानले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् ।
आपसी विवादका क्रममा श्रीमान् मदन बहादुर राईले गएराती श्रीमती चन्द्रमाया राइलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या अभियोग लागेका राई भने फरार छन् । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।