राहदानी लिन आएका ‘तपस्वी’ बम्जनले प्रधानमन्त्रीलाई भेटे

काठमाडौं– बाराको हलखोरियास्थित जंगलमा ‘६ वर्षसम्म निर्जल तपस्या गरेका’ रामबहादुर बम्जनले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेका छन्। प्रधानमन्त्रीलाई भेट्न बुधबार उनकै निवास बालुवाटार पुगेका बम्जनले आफू बस्दै आएको हलखोरियास्थित वन क्षेत्रलाई धार्मिक वन घोषणा गरी संरक्षण गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। प्रधानमन्त्री कोइरालाले सम्बन्धित निकायसँग सल्लाह गरी सो क्षेत्रलाई धार्मिक वन घोषणा तथा संरक्षण गर्ने आश्वासन दिएको बम्जननिकट स्रोतले जनाएको छ। उनले बुधबारै परराष्ट्र मन्त्रालय पुगेर राहदानीसमेत लिएका थिए। रामलाल बम्जन नामबाट बनेको राहदानी उनलाई राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले प्रदान गरेका थिए। बम्जन बुधबारै बारा फर्किएका छन्। शब्द तस्बिर नागरिक