तीस काटेका बलिउडका हट हिरोइनहरु

कात्तिक ५,काठमाडौं  – तीस नाघेपछि महिलाहरुको सौन्दर्यमा ह्रास आउने ठानिन्छ । सौन्दर्य नै मुख्य अस्त्र मानिने ग्लामर दुनियाँमा धेरै हिरोइनहरु ३० काटेपछि बिक्न छाड्छन् । बलिउडका रविना टन्डन,सोनाली बेन्द्रे,मनिषा कोइरालाजस्ता हिरोइन ३० काटेपछि बिस्तारै सेलाएका थिए । तर सबैमा यो लागू हुँदैन । बलिउडमै ३० काटेका केही हिरोइनहरु उत्तिकै हट छन् जति २० वर्षका यौवनाहरु छन् ।

३६ वसन्त पार गर्दा पनि विद्या बालन उत्तिकै हट मानिन्छन् । नांगो आँखाले हेर्दा विद्या बालनउति सेक्सी देखिन्नन्,जति प्रियंका वा करिनाहरु देखिन्छन् । तर डर्टी पिक्चरमा अभिनय गरेपछि उनको छबि बोल्ड हिरोइनका रुपमा रुपान्तरित भएको छ । विद्या सन् २००५ मा परिणिता फिल्मबाट सीधासाधी केटीका रुपमा अभिनययात्रा थालेकी थिइन् । अभिनयका साथै अंग प्रदर्शनमा पनि उदारता देखाउँदै गएपछि उनको चर्चा चुलिँदै गएको छ ।

vidya-balanबलिउड्की अर्की हट हिरोइन हुन् प्रियंका चोपडा । उनी ३२ वर्षको भए पनि उनलाई हट एन्ड सेक्सी हिरोइनको सूचीमा राख्ने गरिन्छ । हालसम्म अविवाहित रहेकी चोपडाले ब्वाइफ्रेन्डहरु भने धेरै फेरिसकेकी छन् ।
अहिले बलिउडमा सर्वाधिक सफल हिरोइनको सूचीमा आउने करिना कपुरले गत सेप्टेम्बरमा आफ्नो ३४ औं जन्मदिन मनाइन् । अहिले पनि निर्देशकहरु उनलाई फिल्ममा साइन गराउन लाइन लाग्ने गर्छन् । सैफ अलि खानसित बिहे गरेपछि उनी केही चुजी भएकी छन् ।
बलिउडकी हट हिरोइनको सूचीमा विपाशा वशुलाई छुटाउन मिल्दैन । ३५ वर्ष नाघिसक्दा पनि उनको सेक्सी अन्दाज उत्तिकै छ,आजको नयाँ पत्रिकामा यो सामग्री छापिएको छ ।