फुटबल खेल्ने क्रममा १५ वर्षे युवतीको मृत्यु

लन्डन— फुटबल खेलिरहेकी एक १५ वर्षे युवतीको मैदानमै मृत्यु भएको छ। वेलायतकी उत्तरपूर्वी लेनक्यासाइरमा अन्डर–१६ गर्ल्स फुटबल म्याच खेल्ने क्रममा मेलिसा स्मिथले ज्यान गुमाएकी हुन्।
हाफ टाइमको ब्रेक हुनु अघि उनको मृत्यु भएको थियो। उनको मृत्युको कारण बारे अनुसन्धान भइरहेको बताइएको छ।

उनलाई बचाउन चिकित्सकले निकै प्रयास गरे तापनि रोयल प्रिस्टन अस्पतालका चिकित्सकले मृत घोषणा गरेको उनका सहकर्मीले बताए। मेलिसा क्याड्ले फुटबल क्लबकाट खेलिरहेकी थिइन्।

उनको निधनमा फुटबल क्लबले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ। ‘मेलिसाको निधनको खबर सुनेर हामी सबै छाँगाबाट खसे जस्ता भएका छौं। यो दुःखद घडिमा हामी उनको परिवार, साथी र टोली सदस्यहरुसँगै रहेको बताउन चाहन्छौं।’