यस कारण म पद छाड्दिन – प्रधानमन्त्री

कात्तिक ३, काठमाडौँ- प्रधानमन्त्री सुशील कोइरालाले पूर्वसहमतिअनुसार आगामी माघ ८ गतेभित्र संविधान बन्न नसके पदबाट राजीनामा नगर्ने चेतावनी दिएका छन्।  अन्नपूर्ण पोस्ट दैनिक लेख्छ संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईसँग आइतबार बिहान भएको भेटमा कोइरालाले यस्तो चेतावनी दिएका हुन्।
माघ ८ गतेसम्ममा संविधान बनाउन नसक्ने हो भने म पदबाट राजीनामा दिन्‍नु, कोइरालालाई उद्धृत गर्दै भट्टराईले भने, दलहरूबीच सहमति निर्माण भएर माघ ८ गते संविधान जारी भए म आफैं सरकार छाड्छु।

सहमति पनि नगर्ने, माघ ८ मा संविधान पनि जारी नगर्नेतिर जाने हो भने म पनि संविधान नबनाई कुनै हालतमा सरकार नछाड्ने स्पष्ट पार्छु। तीन दलका शीर्ष नेतृत्वले पटकपटक सहमतिको याद गुजारे पनि अझै सहमतिको प्रयास गर्दै बैठक र छलफल गरिरहेका छन्।

पटकपटक भएको ढिलाइले माघ ८ भित्र संविधान जारी हुनेमा शंका उत्पन्न हुन थालेपछि प्रधानमन्त्रीले भट्टराईलाई चेतावनी दिएका हुन्।

गत माघ २६ गते कांग्रेस र एमालेबीच सरकार गठनका लागि भएको सातबुँदे सहमतिमा एक वर्षभित्र संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुखसहितका पदाधिकारीको निर्वाचन गर्नेु उल्लेख छ। तर प्रधानमन्त्रीका बारेमा त्यसमा केही लेखिएको छैन।