ओवामा पुत्री र मलाला संसारकै शक्तिशाली किशोरी

असोज ३०, काठमाडौं– अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी मालिया र पाकिस्तानकी शैक्षिक अभियन्ता मलाला युसुफजाईलाई टाइम पत्रिकाले संसारका १६ प्रभावशाली टिनएजर्सको सूचीमा राखेको छ । सूचीको पहिलो नम्बरमा न्युजल्यान्डका १७ वर्षीय पपस्टार लर्ड छन् भने दोस्रो नम्बरमा सोही देशकी गोल्फर्ड लाइडिया छिन् । ओवामाकी १५ वर्षीया छोरी निनियस मालिया ओवामा सूचीको १० औं स्थानमा छिन् । टाइम पत्रिकाका अनुसार मालिया र उनकी बहिनी हाइप्रफाइलमा कार्यक्रममा निकै बयस्क ढंगले प्रस्तुत हुन्छन् । यी कार्यक्रमहरुमध्ये उनका पिता दोस्रोपटक राष्ट्रपति भएपछि दिइएको पहिलो भाषण समापनपछि ओवामाले आफ्नो भाषणमा धेरै पटक आफ्ना छोरीहरु उल्लेख गर्दै आफ्नी छोरीहरुकै कारणले समलिंगी विवाहप्रति आफ्नो धारणा परिवर्तन आएको बताएका थिए । यस्तै साहसिक किशोरी मलाला यो सूचीको सातौं नम्बरमा छिन् । पाकिस्तानमा किशोरी शिक्षाका लागि अभियान चलाएकी उनलाई तालिवानले निशाना बनाएको थियो । तालिवानको उग्रबादीले गत वर्ष घर फर्किरहेकी उनको टाउकोमा गोली प्रहार गरेको थियो । वेलायतमा लामो उपचारपछि उनी बाँचेकी हुन् । आजको राजधानी दैनिकले खबर लेखेको छ ।