संसद बैठकमा मन्त्रीहरुले जवाफ दिने क्रम जारी

असोज २८, काठमाडौँ – संसदको बैठकमा विनियोजन विधेयक, २०७१ माथि छलफलमा उठेका प्रश्नबारे मान्त्रिहरुले जवाफ दिने क्रम आज पनि जारी रहनेछ । हिजो साँझ सम्म विभिन्न मन्त्रिहरुले उठेका प्रश्नहरुमाथि जवाफ दिने काम भएपनि समयाभावका कारण बाँकिले आज जवाफ दिने संसद सचिवालयका सह प्रवक्ता सुर्दशन कुइकेलले जानकारी दिए  । हिजो परराष्ट्र, उर्जा, उद्योग तथा वाणिज्य, सिंन्चाइ, शहरी विकास, स्वास्थ्य, समान्य प्रशासन, भुमिसुधार तथा ब्यवस्था मन्त्रिले लगायत गी विभिन्न १६ वटा मान्त्रालय अन्तरगत उठेका प्रश्नका जवाफ दिइसकेका छन् ।