हुदहुद नामक आदिँले आज दिनभर वर्षा हुने

असोज २८, काठमाडौँ-भारतमा आएको सामुद्रिक हुदहुद नामक आँधिको असरका कारण आज पनि देशका अधिकांश भागमा वर्षा भइरहेको छ । भारतमा आएको आँधिको असरले नेपालमा समेत मौसद बदली भइ हिजो विहानैदेखि देशका धेरै ठाउँमा वर्षा भएको हो । आज पनि विहानैदेखि देशका धेरै स्थानमा पानी परिरहेको मौसम पुर्वमानुमान महाशाखाले जनाएको छ ।

हुदहुद प्रत्यक्ष रुपमा नेपाल प्रवेश नगरेपनि बंगालको खाडीबाट यसको प्रवेश भएसंगै जलवाष्पयुक्त बादलको कारण नेपालको मौसम प्रभावित भएको महाशाखाको भनाइ छ । बिहीबारदेखि मौसममा पूर्णरूपमा सुधार आउने मौसमविद् वरुण पौडेलले जानकारी दिनु भएको छ । वर्षा भएसंगै काठमण्डौं उपत्यका लगायत स्थानमा चिसो बढेको छ ।