पीडाहरू कति कति

पीडाहरू कति कति मन, भित्र दबाई,
कहाँ त्रुटी भयो भनी, विचार्छु सधै,

पिरोल्दै हृदयभित्र चोट, पर्न जादा,
लम्क्क लम्क्क गर्दै पाईला, घिसार्छु सधै,

मनको खोटो भाग्यलाई दोष, आफै दिदै,
लाचार तिनै जीवन मेरो, थिचार्छु सधै,

निर्दयी त्यो अपांग जस्तै, सधैको लाचार,
आफ्नै भाग्य हिजो आज, निचार्छु सधै,

कसले भन्छ जीवनमा त्रुटी, गरिन कहिल्यै?
त्यस्ता घमण्डीलाई म त ! धिकार्छु सधै,