वीपी कोइरालाको जन्मजयन्ती मनाइदै

भदौ २४,काठमाडौं-नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको एक सयौं जन्मदिन आज विविध कार्यक्रम गरी देशभर मनाइँदैछ ।  वि।सं। १९७१ भाद्र २४ गते जन्मिएका कोइरालाले लामो समयसम्म जेल जीवन बिताउनु भएको बीपी सङ्ग्रााहलय सुन्दरीजल, काठमाडौंमा विशेष कार्यक्रम गरी बिचार यात्रा समापन गर्ने तयारी भइरहेको बीपी सङ्ग्राहलयका संस्थापक अध्यक्ष परशुराम पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार कार्यक्रममा पार्टी सभापति समेत रहनु भएका प्रधानमन्त्री सुशील कोइराला लगायत शीर्ष नेताहरु सहभागी हुने कार्यक्रम छ ।

बीपीको गृहनगर विराटनगरबाट गत साउन ६ गते सुरु भएको बिचार यात्रा बर्षाका कारण केही समय स्थगित भएर यही भदौ १ गतेबाट फेरि सुरु गरिएको थियो । कोइराला क्रान्तिदृष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी वीपी साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी हुनुहुन्थ्यो । उत्पीडन, कठोर यातना र अत्यन्त कठीन अवस्थामा पनि राष्ट्रियता र प्रजातन्त्रप्रतिको आधारभूत निष्ठालाई नत्याग्ने वीपीले जीवनभर देश र जनताकै लागि संघर्ष गनुभएका कोइरालाले वि।सं। २००७ सालमा  तत्कालीन राजा महेन्द्रसँगको लडाइँमा गरिने आन्दोलनमा शान्तिपूर्ण क्रान्तिको बाटो रोज्नुभएको थियो । २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका वीपी भारतीय स्वतन्त्रता आन्दोलनमासमेत संलग्नु हुनु भएको थियो ।

राणाशासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापनाका लागि २००७ सालको क्रान्तिको नेतृत्व गरेका वीपी २०१५ सालमा भएको पहिलो आमचुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्ुभएको थियो । उहाँलाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागू गरेपछि थुप्रै वर्ष वीपीले जेलजीवन बिताउनु परेको थियो ।

पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर संघर्ष गरेका वीपीले देशको राष्ट्रियता कमजोर बन्दै गएका बेला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरी भारत प्रवासबाट स्वदेश फर्किनुभएको थियो । संवैधानिक राजतन्त्र र प्रजातन्त्रका पक्षमा आफूलाई उभ्याएका स्वर्गीय वीपी नेपाली जनताको अधिकार रक्षाका लागि निरन्तर संघर्षरत हुनुहुन्थ्यो । राजनीति  कोइरालाका आत्मकथा, जेलजीवन, दोषी चस्मा, यहुदी र हिटलर, सुम्निमा, मोदीआइन, स्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाइलगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् । वीपीको घाँटीको क्यान्सरका कारण २०३९ साल श्रावण ६ गते निधन भएको थियो ।