झलनाथ खनालकी पत्नीले बाउन्स चेक दिएर झुक्काएपछि……

भदौ १८,पाँचथर–पूर्वप्रधानमन्त्री झलनाथ खनालको लगानी रहेको माछापुच्छ्रे हर्वल प्रालिको आठ लाख २१ हजार एक सय ८० रुपैयाँको चेक बाउन्स फिर्ता भएको छ । पाँचथर भारपाका गजेन्द्र इधिंगोलाई जडिबुटी प्रशोधन सम्बन्धी काम गर्ने हेटौडाको उक्त कम्पनीले दिएको चेक बैंकमा रकम नभएर तीन पटकसम्म फिर्ता भएको हो ।

कम्पनीकी प्रवन्ध निर्देशक तथा खनाल पत्नी रविलक्ष्मी चित्रकारले दिएको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक हेटौंडाको खाताबाट काटिएको ०६६००६१०१००००९८६८०००००१ नम्बरको चेक एसबीआई बैंक विर्तामोडबाट साट्न खोज्दा रकम नै नभएको पाईएको हो ।कम्पनीका प्रतिनिधि इधिंगोले लौठसल्ला विक्रिवापत गत साउन ३ उक्त मा चेक लिएका थिए ।
रकम नभएर चेक नसाटि एपछि किसानलाई संकलित लाठेसल्लाको भुक्तानी दिन नसकिएको उनले बताए । आफुले पटकपटक सम्पर्कगर्दा भोली–पर्सि हालिदिन्छु भनेर झुक्काएको उनले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।