भागदौडमा १० जनाको मृत्यु

 भदौ ९,काठमाडौँ –  भारतमा एक हिन्दू मन्दिरमा आज बिहान भागदौडमा परी कम्तीमा पनि १० जनाको मृत्यु भएको  छ । भारतमा हुने गरेका धार्मिक दङ्गा एवम् भागदौडका क्रममा तीर्थालू एवम् भक्तालुको ज्यान जाने गरेका घटनाको पछिल्लो दुर्घटनाका रुपमा यी १० जनाको ज्यान गएको बिबिसीले जनाएको  छ ।

भारतको मध्यप्रदेशको चित्रकुटमा रहेको एक मन्दिरमा हजारौँ तीर्थालूहरु रहेको बेलामा सो दुर्घटना भएको थियो । त्यसमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

 सो क्षेत्रका प्रहरी अधिकारी विनय कुमारले भने– सोमबार बिहानै भएको सो भागदौडमा परी पाँचजना महिला र पाँच पुरुषको ज्यान गएको छ, अरु कयौं घाइते भएका छन् । आज बिहान ५.३० बजे सो घटना भएको थियो । उक्त घटनामा परी घाइते भएकालाई प्रहरीले एम्बुलेन्समार्फत अस्पताल पुर्याएको छ ।