नायक श्रीकृष्ण श्रेष्ठको शव काठमाडौं आईपुग्यो,सरकारी सम्मानका साथ अत्येष्टि गरिने

साउन २६ , काठमाडौं – नायक श्रीकृष्ण श्रेष्ठको शव काठमाडौं आइएपुगेको छ । दिल्लीबाट अहिले दिउँसो ३ बजेपछि त्रिभुवन अन्तराष्टिय बिमानस्थल नायक श्रेष्ठको शव आइपुगगेको हो । नायक श्रेष्ठका सयौं शुभचिन्तक र आफन्तको अहिले बिमानस्थलमा ठुलो भिड लागेको छ । श्रेष्ठको शवयात्रा अहिले केहिबेरपछि त्रिभुवन विमानस्थलबाट सुरु भएर नयाँवानेश्वर, माइतिघर हुँदै प्रज्ञा अन्तिम श्रद्धाञ्जलीका लागि प्रतिष्ठान ल्याइनेछ।  साँझ ५ बजेसम्म श्रद्धाञ्जलीका लागि उनको शव प्रज्ञा प्रतिष्ठानमा राखिनेछ। गृह मन्त्रालयका अनुसार नायक ःश्रेष्ठलाई दश प्रहरीका जवानहरुले उनको सम्मानमा सलामी  दिनेछन् । उपचारका क्रममा भारतको दिल्लीस्थित एपोलो अस्पतालमा गत शनिवार उनको मृत्यु भएको थियो । श्रेष्ठको पारिवारीक स्रोतका अनुसार आजै साँझ नायक श्रेष्ठको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ। दाहसंस्कारका लागि  शव कमलादीबाट गौशाला हुँदै पशुपति आर्यघाट लगिने बताईएको छ । नेपाली सिने जगतका सालिन नायक श्रीकृष्ण श्रेष्ठ आफनो उत्कृष्ट कला र अभिनयका कारण स्रोता दर्शकमाझ निकै लोकपृय थिए । बिषेशगरि पारिवारीक फिल्ममा अभिनय गर्न बढी रुचाउने नायक श्रेष्ठ नेपाली सिने जगतका सबै भन्दा कम आलोचित कलाकार समेत थिए। नायक श्रेष्ठको सबैसग समाान व्यवहार गर्ने र मिलनसार बानीले चलचित्र क्षेत्रमै थुर्पै प्रसंशक पनि थिए । नायक श्रेष्ठ ५ भाई मध्येका कान्छा थिए ।