बन्दप्रशिक्षण आजदेखि

श्रावण २१, काठमाडौ –  दर्जन खेलका १ सय ९ खेलाडी समावेश गर्दै बन्दप्रशिक्षणु मार्फत नेपालले औपचारिक रूपमा १७ औं एसियाली खेलकुदको अन्तिम तयारी सुरु गर्दैछ। बन्दप्रशिक्षणमा सर्वाधिक ३० खेलाडी क्रिकेटका छन्। ट्वान्टी – ट्वान्टीका आधारमा हुने क्रिकेट टिममा पुरुष र महिला खेलाडी १५- १५ छन्। त्यसपछि उसुका १३ खेलाडी छन्।

एसियाडको १४ संस्करणमा सहभागी नेपालले अहिलेसम्म १ रजत र २१ कांस्य गरी कुल २२ पदक जितेको छ। त्यसमध्ये १ रजत र १३ कांस्य तेक्वान्दोमा हात पारेको थियो। सन् २०१० को गोन्जाउ यात्रामा भने तेक्वान्दो टोली खाली हात फर्कियो। यसपल्ट तेक्वान्दोका १२ खेलाडी असोज ३ देखि १८ गतेसम्म दक्षिण कोरियाको इन्चोनमा हुने एसियाडमा नेपाललाई पदक दिलाउने लक्ष्यसहित बन्दप्रशिक्षणमा सहभागी हुँदैछन्।

एसियाडमा नेपालले तेक्वान्दो, बक्सिङ र कराँतेमा मात्र पदक जितेको छ। तेक्वान्दोपछि सर्वाधिक सफलता हात लागेको बक्सिङबाट नेपालले ६ कांस्य भित्र्याएको छ। गोन्जाउ एसियाडमा नेपालको एकमात्र पदकका रूपमा बक्सर दीपक महर्जनले कांस्य जितेका थिए। यसपल्ट ८ बक्सर बन्दप्रशिक्षणमा छन्। त्यसमा दुई महिला समावेश छन्। सन् १९९४ र १९९८ मा एक(एक कांस्य जितेको कराँतेका पनि ८ खेलाडी बन्दप्रशिक्षणमा छानिएका छन्।

त्यस्तै, एथलेटिक्सका ९, ब्याडमिन्टनका ८, टेबलटेनिस र जुडोका ६-६, ट्रायथलनका ४, भारोत्तोलनका ३ र कुस्तीका २ खेलाडीले पनि मंगलबारदेखि नै बन्दप्रशिक्षण सुरु गर्नेछन्। ४२ दिने बन्दप्रशिक्षणमा ६१ पुरुष र ४८ महिला खेलाडी छन्। नेपालका लागि १७ औं एसियाडमा यही १२ खेल मुख्य भएको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य सचिव युवराज लामाले बताए।

युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले चेस ओलम्पियाडमा नर्वे जानुअघि दिएको ५ बुँदे निर्देशन र नियमानुसार खेल संघहरूमार्फत एसियाड तयारीको प्रारम्भिक चरणका रूपमा बन्दप्रशिक्षण सुरु गर्न लागेको सदस्य सचिव लामाले बताए। राखेप र नेपाल ओलम्पिक कमिटीले एक वर्षअघि नै गरेको ुसहमतिु अनुसारका बाँकी ७ खेलको बन्दप्रशिक्षण भदौ १ गते सुरु हुनेछ। सफ्टटेनिसका १०, लनटेनिसका ८, आर्चरीका ६, सुटिङ, गल्फ र पौडीका ४(४ एवं साइक्लिङका ३ खेलाडी ३५ दिने बन्दप्रशिक्षणमा हुनेछन्।

मंगलबार सुरु हुने १२ खेलको बन्दप्रशिक्षणका अधिकांश खेलाडी राजधानीमै रहेका र मोफसलका खेलाडी पनि काठमाडांै आइसकेको राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीका प्रमुख हरिहर श्रेष्ठले बताए। अब सबै खेलाडीले होटलमै बसेर उपयुक्त स्थानमा संघको तयारी समितिको जिम्मेवारीमा प्रशिक्षण गर्नेछन्,ु उनले भने। अधिकांश खेलाडीले राष्ट्रिय टिम तयारीमा रहेर दुई वर्षयता निरन्तर प्रशिक्षण गर्दै आएका थिए।