मोदीको एक दिनको कार्यतालीका

 साउन १८, काठमाडौँ  – दुई दिने औपचारिक नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजनितिक भेटघाटलाई तिब्रता दिएका छन् । विशेष बिमानद्वारा बिहान १० बजेर पचास मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्नुभएको मोदीले दिउसो होटल हायातमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डसंग भेटघाट गरेका छन् । लगत्तै उनले सिंहदरबार पुगेर प्रधानमन्त्री सुसिल कोईरालासंग पनि भेटघाट गरेका छन् ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार  दिनेश भट्टराईका अनुसार उनीँहरुबीचको ‘वान टु वान’ भेटमा समसामयिक राजनीतिक विषयका साथै पारस्परिक हित र आपसी चासोका सबै विषयमा विचारविमर्श भएको छ ।  कोईरालासंगको भेटघाटपछि  दुई देशका पदाधिकारीहरु बिच छलफल भहेको छ ।

वार्तामा स्वास्थ्य सेवा सुधार, दुई देशका सरकारी टेलिभिजनले एक अर्कालाई सहयोग गर्ने र पर्यटन क्षेत्रमा सहयोग आदान प्रधान गर्ने संझौतामा हस्ताक्षर हुने छ ।  लगत्तै अपरान्ह साढे ४ बजे व्यबस्थापिका संसदलाई सम्बोधन गर्ने र साँझ साढे ५ बजे प्रधानमन्त्री कोइरालाले मोदीको सम्मानमा गर्ने रात्रीभोजमा सहभागि हुने कार्यक्रम छ ।

आजको भेटवार्ताको कार्यक्रम सकेर राती ९ बजे मोदी  बस्ने हायात होटल पुग्ने कार्यक्रम  छ । भोली पशुपति नाथको दर्शन पछि उच्चस्तरीय राजनीतिक भेटवार्ता सकेर साँझ ५ बजे त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल हुदै मोदी स्वदेश फर्कने कार्यक्रम तय भएको परराष्ट मन्त्रालय स्रोतले जनाएको  छ ।