एमाले भावी नेतृत्वका लागी ९ घण्टा ढिलो गरी मतदान सुरु

असार २७, काठमाडौँ –

नेकपा एमाले को नयाँ नेतृत्वका लागि ९  घण्टा ढिलो गरी मतदान साँझ ५ बजेदेखि मतदान सुरु भएको छ । मतदाता परिचयपत्र र मतपत्र छपाइमा सयम लागेका कारण आज बिहानदेखि सुरु गर्ने भनिएको मतदानमा ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन आज रातभर हुने बताइएको छ ।

मतदानका लागि पङ्क्तिमा रहेकाहरुलाई अबेरसम्म मतदान गराइने भएको छ ।     मतपत्रमा पार्टी प्रमुख निर्वाचन आयुक्त सोमनाथ अधिकारी प्यासीले हस्ताक्षर गरिसक्नुभएकाले मतदान सुरु गरिएको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीले जानकारी दिए ।

पहिलो मतदान पार्टीका अध्यक्ष झलनाथ खनाल, अध्यक्षका प्रत्याशी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले गरेका छन् । मतदाता परिचयपत्रमा अध्यक्ष झलनाथ खनाल र दुई समूहका तर्फबाट भीमबहादुर रावल र विष्णुप्रसाद पौडेलको हस्ताक्षर गराइएको छ ।

अध्यक्षका प्रत्याशी नेपाल र ओली अहिले महाधिवेशनस्थलभित्र हुनुहुन्छ । कुल १५९ सदस्यीय केन्द्रीय कमिटीमा दुई समूहले सबै पदमा तथा केन्द्रीय र वैकल्पिकमा गरी १४ जनाले स्वतन्त्र  व्यक्तिगत उम्मेदवारी  दिएका छन् । मतदान सकिएलगत्तै मतगणना हुने निर्वाचन आयोगले जनाएको छ ।