उपत्यकामा घट्छन् दैनिक १८ अपराधका घटना

असार २६, काठमाडौँ –

उपत्यकाको तीन जिल्लामा दैनिक १८ वटा आपराधिक घटना हुने गरेको तथ्यांकले देखाएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयको वाषिर्क आपराधिक विश्लेषणमा आपराधिक घटना संख्याका दृष्टिले जेठ सवैभन्दा खराब देखिएको छ ।

आयुक्त कार्यालयको प्रतिवेदन अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा २०७०र०७१ को जेठसम्म ६ हजार १ सय १० वटा आपराधिक घटना प्रहरीसम्म आइपुगेको थियो । आजको नागरिक दैनिकले समाचार छापेको छ ।

जसलाई दैनिक रुपमा विभाजन गर्दा प्रतिदिन १८ वटा घटना घट्ने गरेको देखिन्छ । आयुक्त कार्यालयले प्रहरी प्रधान कार्यालयमा पठाएको प्रतिवेदन अनुसार यस वर्ष उपत्यकाका तीनै जिल्लामा मासिक ५ सय ५५ र प्रत्येक हप्ता १ दसय २७ वटा आपराधिक घटना हुने गरेको आयुक्तको कार्यालयको तथ्यांकले देखाउँछ ।
आयुक्तको कार्यालयको तीन वर्षको आपराधिक तथ्यांक अनुसार गत वर्षको तुलनामा अपराध संख्या बढेको छ ।

गत वर्ष दैनिक १४ वटा आपराधिक घटना हुने गरेको थियो ।  गत वर्ष ५ हजार १ सय ८१ आपराधिक घटना प्रहरीसम्म आइपुगेको थियो । त्यसलाई विभाजन गर्दा मासिक ४ सय ३१ र साप्ताहिक ९९ वटा आपराधिक घटना घट्ने गरेको थियो ।