पूर्व प्रधानमन्त्री यिंकलक सिनावात्रा गिरफ्तार

जेठ १०, काठमाडौ–देशमा सैन्य शासन सुरु गरेको थाईल्याण्डको सेनाले पूर्व प्रधानमन्त्री यिंकलक सिनावात्रालाई गिरफ्तार गरेको छ । सैन्य शासन लागु भए पछि बिभिन्न शक्तिशाली नेतालाई गिरफ्तार गर्ने क्रममा सेनाले शनिबार राती पूर्व प्रधानमन्त्री सिनावात्रालाई पनि गिरफ्तार गरेको हो । सिनावात्रा संगै उनका केहि नातेदार र व्यापारिक घरानाका व्यक्तीहरुलाई पनि गिरफ्तार गरिएको छ । यस अघि हिजो सेनाले सिनावात्रालाई छलफलका लागि बोलाएको थियो । थाईल्याण्डमा केहि महिनादेखि जारी सरकारबिरोधी प्रदर्शन र अदालतको फैसला पछि त्यहाा सेनाले सबै कानून हातमा लिएको थियो । सेनालाई पूर्वप्रधानमन्त्री यिंकलकलाई गिरफ्तार गरेपछि उनको सरकारमा रहेका एक सय भन्दा बढि राजनीतिक हस्तीलाई हाजिर हुन निर्देशन दिएको छ ।