एमाओबादी केन्द्रिय कमीटीको बैठक आज पनि

ucpn maobadi flagजेठ ३, काठमाडौ–एकीकृत नेकपा माओबादीको शुक्रवार देखि राजधानीमा सुरु भएको केन्द्रिय कमीटीको बैठक आज पनि बस्ने भएको छ ।
बैठक दिउसो १ बजे पार्टी मुख्यालय पेरिस डाडामा बस्ने प्रबत्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । केन्द्रिय कमीटीको बैठक अघि बिराटनगर सम्मेलनको वन्दसत्रवाट बाहिरिएका डा. बाबुराम भट्टराइको् समूहसग छलफल गर्ने बताइएको छ । हिजो अबेरसम्म भट्टराइ पक्षलाई सहमतिमा ल्याउने प्रचण्डको प्रयास अहिलेसम्म सफल हुन सकेको छैन ।
यसैबिच हिजो केन्द्रिय कमीटी बैठकमा प्रचण्डले १६ भन्दा बढी एजेन्डा पेश गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे सामान्य कुरा राखेपछि बैठकमा पेश गरिएका एजेन्डाहरुमा पार्टीको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो गठनलाई एजेन्डा बनाइएको छ । त्यसैगरी संविधानसभा, उत्पादन र पार्टी रुपान्तरणलाई पनि बैठकको एजेन्डा बनाइएको छ । पार्टी एकता, संयुक्त मोर्चा निर्माण, संघीय तथा जातीय मोर्चाहरुको कार्याशाला, संविधान र शान्ति प्रक्रिया, पार्टी प्रशिक्षण तथा जनसभा गर्ने प्रस्ताव समेत बैठकमा छलफलका लागि पेश गरिएको प्रबत्ता शर्माले बताउनुभयो । अध्यक्ष प्रचण्डले हिजो पेश गरेका एजेण्डामा आज छलफल हुने माओबादीले जनाएको छ ।