संविधानसभा मस्यौदा समितिको बैठक आज पनि

फागुन ९, काठमन्डौं– संविधानसभा तथा व्यवस्थापिका–संसद अन्तर्गतका समितिहरू कति बनाउने भन्नेलगायतका विषयमा टुंगो लगाउन संविधानसभा नियमावली २०७० तयार गर्न गठित मस्यौदा समितिको बैठक आज पनि बस्दैछ । दिउँसो सिंहदरबारमा बस्ने बैठकमा संविधानसभा तथा व्यवस्थापिका–संसद अन्तर्गतका समितिहरू कति बनाउने भन्ने विषयमा टुंगो लाग्ने समितीका एक सदस्यले जानकारी दिए । संविधानसभा नियमावली २०७० तयार गर्न गठित मस्यौदा समितिले अघिल्लो पटकको भन्दा कम सङख्यामा राख्ने गरी सिफारिसको तयारी गरिरहेको बुझिएको छ । माघ २९ गते गठित ४९ सदस्यीय मस्यौदा समितिले काम सुरु गरेको अवधिदेखि १० दिनभित्र मस्यौदा तयार गरिसक्नु पर्ने समयसीमा ताकिएको छ ।