पूर्वराजा ज्ञानेन्द्र शाह अस्वस्थ, एनजीओप्लाष्टी गरियो

 

श्रावण ४, काठमाडौ – पूर्व राजा ज्ञानेन्द्र शाहको भर्खरै एनजीओप्लाष्टी गरिएको छ । मुटुको धमनीमा अवरोध आएपछि अस्पताल भर्ना भएका पूर्व राजा शाहको एनजीओप्लाष्टी गरेर अवरोध खोलिएको छ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा डा. यादव भट्टको नेतृत्वमा डा. शिवजीविक्रम शिलवाल, डा. शेखर राजभण्डारी र डा. नमा श्रेष्ठको टोलीले एनजीओप्लाष्टी गरेको हो । मुटुमा समस्या आएपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज बिहान अस्पताल भर्ना भएका थिए ।