मोडल तुलसा कटुवालको विहेको तस्विर एकाएक सामाजिक सञ्जालमा आएपछि

काठमाडौं – हिजो एकाएक सामाजिक सञ्जाल तथा मिडियामा मोडल तुलसा कटुवालको विहेको तस्विर आएपछि उनका फ्यानहरु अचम्ममा परेका छन् । तर वास्तवमै यो उनको कुनै म्यूजिक भिडियोको तस्विर नभई उनको वास्तविक जीन्दगीको विहेको तस्विर हो हिजो एकाएक उनको फेसबुक मार्फत बिहेको तस्विर सार्वजनिक भएपछि मात्र बिहेको बारेमा सबैमा जानकारी भएको हो । उनले धादिङ जिल्लाको निलकन्ठ नगरपालिका स्थायी घर भएका श्याम बहादुर शाक्य र सुकमाया शाक्यका ज्येष्ठ सन्तान सन्तमान शाक्य संग बिवाह गरेकी छिन् ।

उनका श्रीमान भने मोडलिङ तथा कला क्षेत्रका होइनन् । उनका श्रीमान नेपाल सरकारको संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय अन्तर्गत रहेको ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापन आयोजना , केन्द्रिय आयोजना कार्यान्वयन इकाईबाट सरकारी सेवामा रहि देश र जनताको सेवामा समर्पित रहि सेवा गरिरहेका छन्।हाल उनी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केंद्रीय आयोजना कार्यान्वयन इकाई भूकम्पिय आवास पुनर्निर्माण आयोजनामा एमआईएस अपरेटरको भूमिकामा रही कार्यरत छन् । म्युजिक भिडियोबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल तुलसा कटुवाल पछिल्लो समय मोडलिङको क्षेत्रमा चर्चित बन्दै गइरहेकी छिन् ।

संखुवासभाको चैनपुरमा जन्मेर काठमाडौमा संघर्षरत तुलसाले अहिलेसम्म करिव तीन दर्जन भन्दा बढी म्युजिक भिडियोमा र दमन रुपाखेतिको हास्य टेलिसिरियल हाक्का हाक्की पक्का पक्किमा समेत आफ्नो अभिनयकला देखाइसकेकी छिन् । विशेष गरी कला क्षेत्रमा विभिन्न विधाहरुमा आफूलाई ढाल्नु पर्छ भन्ने मान्यता राख्ने कटुवालले मान्यता जस्तै बिभिन्न खाले लोक,आधुनिक पप गीतका म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । बुबा इन्द्रबहादुर कटुवाल र आमा नरमाया कटुवालको कोखबाट कान्छी सन्तानको रुपमा जन्मिएकी मोडल तथा कलाकार तुलसा कटुवाल हालसालै वैवाहिक जिवनमा बाँधिएको खवर उनकै फेसबुक पेजबाट प्राप्त भएको हो।उक्त जानकारी तथा हाम्रो खुलदुलिलाई मेटाउन हामिले उनीसँग प्रत्यक्ष कुराकानी गरेका थियौ । पारिवारिक जिम्मेवारीले कतै कला क्षेत्रबाट ओझेल हुने त होइन नि भन्ने हाम्रो प्रश्नको जवाफ दिदै तुलसाले भनिन, घरपरिवार,काम र मोडलिङलाई संगसंगै लैजान्छु । उनी ब्युटिसियन प्रशिक्षकको रुपमा कार्यरत छिन् ।