साउन १ गतेदेखि १० लाख माथीको नगद कारोबारमा रोक

असार १४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले साउन १ गतेदेखि १० लाख माथीको नगद कारोबारमा रोक लगाउने भएको छ ।
राष्ट्र बैंकले बैशाख २८ गते नै बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेर १० लाख वा सोभन्दा माथीको भुक्तानीमा अनिवार्य रुपमा एकाउन्टपेयी चेकको प्रयोग गर्न परिपत्र जारी गरिसकेको छ ।
यसरी १० लाख वा सोभन्दा बढिको नगद भुक्तानी दिइएको मासिक जानकारी भने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको सुपरिवेक्षण बिभाग र वित्तीय जानकारी इकाइमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।