१७ लाख राजस्व संकलन

 

असार १४, । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारी कारवाही गरी १७ लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।कार्यालयले मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गरी १७ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । कार्यालयले २०७३ साउन १ गतेदेखि २०७४ जेठ मसान्तसम्ममा मापसे गरी सवारी साधन चलाउने एक हजार सात सय २५ जनालाई नियन्त्रणमा लिई कारबाही गरेको प्रहरी नायब निरीक्षक शिवबहादुर थापाले जानकारी दिनुभयो । यो अवधिमा पाँचवटा ट्रक तथा ट्याङ्कर, १९ बस, १ सय ५७ कार जिप, १६ ट््याक्टर र एक हजार ५ सय २८ वटा मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको उहाँले बताउनु भयो । मापसे गरेको सवारी चालकको सवारी चालक अनुमतिपत्रमा प्वाल पारिनुका साथै मापसे कक्षासहित  एक हजार जरिवाना गरिन्छ । लगातार पाँच पटकसम्म मापसे गरी सवारी साधन चलाएको फेला परे चालक अनुमतिपत्र खारेजीका लागि प्रक्रिया अघि बढाइन्छ ।