माउन्टेन बाइक रेसमा लक्ष्मी पहिलो

असार  ९, काठमाडौँ । नेपालकी लक्ष्मी मगर श्रीलङ्कामा सम्पन्न ‘श्रीलङ्का होलिडेज रम्बल इन द जङ्गल २०१७’ मा पहिलो हुनुभएको छ ।

श्रीलङ्कन एयरलाइन्सद्वारा आयोजित चारदिने माउन्टेन बाइक स्टेज रेसमा कुल २० घन्टा, २० मिनेट १८ सेकेन्ड समय खर्चंदै मगर पहिलो हुनुभएको राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले जनाएको छ ।

त्यस्तै प्रतियोगितामा अस्ट्रेलियाकी तानिया थाइरोन र फ्रान्सकी क्लेयर डरमारक्वेट क्रमशः दोस्रो र तेस्रो हुनुभयो । तानियाले कुल २१ घन्टा, ८ मिनट ३ सेकेन्ड समय खर्चिनुभयो भने क्लेयरले २१ घन्टा ३९ मिनट ११ सेकेन्ड समय लगाउनुभयो ।