चितवनमा स्क्रब टाइफस परीक्षण गर्ने कीट अभाव

असार ८। चितवनका सरकारी अस्पतालमा स्क्रब टाइफसको परीक्षणका लागि आवश्यक पर्ने कीट अभाव हुदा बिरामीहरु चर्को मुल्य तिरेर निजी अस्पताल धाउन बाध्य भएका छन् । गएको बर्षको असोज÷कात्तिकमा महामारीका रुपमा देखिएको यो रोग परिक्षणका लागि चार महिनादेखि अस्पतालहरुमा कीट अभाव छ ।
सरकारी अस्पतालमा कीट अभाव हुदा बिरामीले स्थानीय मेडिकल कजेललाई एकपटकको दुइ हजार ५ सय रुपैयाँ तिर्दै आएका छन् । सरकारी अस्पतालमा भने यो परीक्षण निशुल्क गराइन्छ ।
यसअघि भरतपुर अस्पतालमा उपलब्ध हुने किट चार महिनायता दिन नसकिएको जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका कीट नियन्त्रक राम केसीले बताउनुभयो । भरतपुर अस्पताललाई जिल्ला जनस्वाथ्य कार्यलयले नै कीट उपलब्ध गराउदै आएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरहरि शर्माले विभागमा कीट माग्ने काम भइरहेको भए पनि प्राप्त हुन नसकेको बताउनुभयो । चितवनमा स्क्रब टाइफसका कारण चारजनाको मृत्यु भइसकेको छ ।