यसकारण तालु खुइलिन सक्छ

विश्व स्वास्थ्य संगठनको एक रिपोर्टअनुसार पछिल्लो सय वर्षमा मानिसमा तालु खुइलिने समस्या अत्यधिक बढेको यसको प्रमुख कारण सही तरिकाले कपालको हेरचाह तथा स्याहार नगर्नु नै हो जसले गर्दा कपाल झर्ने, सुक्खा हुने तथा चाया पर्ने समस्या निम्तिरहेको हुन्छ हामीले गर्ने केही साना यस्ता गल्तीका कारण कपाल झरेर तालु खुइलिने समस्या बल्झिन सक्छ

रातभर कपालमा तेल लगाएर सुत्दा धुलो लाग्ने तथा चुँडिने सम्भावना बढी हुन्छ । त्यसैले नुहाउनुभन्दा एक घन्टाअगाडि मात्र कपालमा तेल लगाउँदा हुन्छ । यसका साथै टाउकोमा नियमित मसाज गर्दा पनि फाइदाजनक नै हुन्छ ।

कपाल भिजेको अवस्थामा कपाल र त्यसको जरा निकै कोमल हुन्छ । यस्तो अवस्थामा कपाल बाँध्दा चुँडिने तथा चाया पर्ने सम्भावना अत्यधिक हुन्छ । यसका साथै भिजेको कपाललाई टावेलले रगड्दा पनि कपाल झर्न सक्छ । त्यसैले पहिला कपाललाई हावामा सुकाएर टावेलले हलुका पुछ्नुपर्छ । त्यस्तै, सही समयमा हेयर ट्रिमिङ नगर्दा पनि कपाल पातलो हुने तथा हाँगा आउने समस्या हुन सक्छ । त्यसैले पुरुषले महिनाको एकपटक तथा महिलाले दुईपटक हेयर ट्रिमिङ गर्नु उत्तम हुन्छ ।

दिनहुँ कपालमा स्याम्पु लगाउँदा पनि कमजोर भएर झर्न सक्छ । स्याम्पुले कपाललाई सुक्खा तथा कमजोर बनाउँछ । कन्डिसनर लगाएपछि थोरै पानी प्रयोग गर्दा पनि कपाल झर्ने तथा चाया पर्ने समस्या आउँछ ।

भिजेको कपाल सुकाउन आवश्यकताभन्दा बढी तातो दिँदा पनि कपाल कमजोर हुन्छ । यसले कपालको कलरलाई पनि असर पार्छ । कपाललाई स्ट्रेट बनाउन प्रयोग गरिने मेसिनलाई सही तापक्रममा राख्नु जरुरी हुन्छ । यसो नगर्दा मेसिनले कपाल कमजोर बनाएर झर्ने सम्भावना अत्यधिक रहन्छ ।

दिनहुँ सन्तुलित भोजन खाने बानी नगर्दा पनि कपालसम्बन्धी समस्या निम्तिन्छ । पोषणको कमीले कपाल सुक्खा हुने, झर्ने तथा हाँगा पलाउने हुन्छ । त्यसैले हरियो सागपात आफ्नो खानामा समावेश गर्नु बिर्सनु हुँदैन । त्यस्तै, जंकफुड सेवन गर्नबाट पनि सकेसम्म बच्नुपर्छ । त्यसका साथै भिटामिन बी १२ र भिटामिन सी पनि भोजनमा समावेश हुनुपर्छ ।

एजेन्सी