गायक पुष्प गजमेरको ‘एउटा साथी छ’बोलको भिडियोले युट्युबमा चर्चा बटुल्दै

काठमाडौँ –  गायक पुष्प गजमेरको ‘आवाज’ एल्बममा समावेश ‘एउटा साथी छ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । मोडल विमलेश अधिकारी र पुर्नी गुरुङको दमदार अभिनय रहेको भिडियोले पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा राम्रो चर्चा बटुलीरहेको छ ।

अमेरिकामा नै छायांकन गरिएको भिडियोमा मोनी राइको छायांकन र सम्पादन, प्रजित रानाको निर्देशन छ । यो एल्बम केही समय अगाडि मात्र गायक गजमेरले सार्वजनिक गरेका थिए । एल्बममा ६ वटा गीत समावेश गरिएको छ । पुष्पले नेपाली सांगीतिक क्षेत्रमा २२ बर्ष लामो यात्रा गरिसकेका छन् ।

हेर्नुस् भिडियो