‘मिस मंगोलको ट्यालेन्ट शो सम्पन्न’

जेठ २२, काठमाडौ – मिस मंगोल नेपालको नवौं सस्करणका प्रतियोगिहरु शानिबार राजधानिमा बिभिन्न प्रतिभाका साथ ट्यालेन्ट सोमा उत्रिए। प्रतियोगिहरुले नाच, गीत, पेन्टिङ, बिचार, अभिव्यति, क्यारिकेचरलगायतका प्रतिभा प्रस्तुुत गरेका थिए।

धरानकी जेन लिम्बूले ‘राम्री पनि भाकी छु।।।’ बोलको गीतमा नृत्य गरिन् । सोफिया महर्जन, दुर्गा थापामगर, मीना लामा, निशा राई, सुरक्षा जवेगु, कञ्चन योञ्जन, खुसी मगर, केट्रिन कुलुङ, नेहा खड्गी, प्रेमकला राई, अरिना राई, रेनुका लामा, महिना राई, सल्मा पुन, हाङमा निङलेखु, रेभा सुनुवार, करुणा पुनले नृत्य प्रस्तुति दिए । भूमिका थापा र तृष्णा लामाले नाट्य प्रस्तुति दिए भने मीना लामा र निशा लिम्बूले पेन्टिङ, अनीता लामा र रेश्मा मोक्तानले गीत गाए । सुविक्षा मगर, प्रिया राजभण्डारी र शारदा थापाले विचार अभिव्यक्ति राखे ।
प्रतियोगितामा १७ जिल्लाका ३० जना सहभागी छन् ।

मिस मंगोलको ग्रान्ड फिनाले भने आउँदो शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने आयोजकले जनाए ।