मर्यादाक्रममा कुरा नमिलेपछि थापा-गच्छदार सरकारबाहिरै

माघ ७, काठमाडौं – राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको योजना तत्काललाई टरेको छ।

दाहाल बिहीबारै थापा र गच्छदारलाई मन्त्री बनाउने प्रयासमा रहे पनि सफल हुन सकेनन्। प्रधानमन्त्री दाहाल थापा र गच्छदारलाई उपप्रधानमन्त्री दिन तयार थिए। उनले दुई/तीन चरणमा थापा र गच्छदारसँग कुराकानी पनि गरेका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।
स्रोतका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि यसबारे गच्छदार र थापासँग छुट्टाछुट्टै कुराकानी गरेका थिए। केही दिनअघि थापा र देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ पुगेका थिए। स्रोतका अनुसार गच्छदार र थापा सरकारमा नजानुको प्रमुख कारण भनेअनुसार ‘हैसियत’ र मन्त्रालय नपाउनु हो। गच्छदार र थापा दुबैले प्रधानमन्त्रीपछिको मर्यादाक्रममा आफू हुनुपर्ने दाबी गरेका थिए।