निकै नै कलात्मक ढंगले बनेको छोटो चलचित्र इक्युइलीब्रियम (निमेष) सार्वजनिक ( पुरा फिल्म सहित)

काठमाडौं— युवा पुस्ताहरु कला क्षेत्रमा भविष्य खोज्ने क्रममा यस क्षेत्रमा हाम फाल्ने क्रम बढी रहेकै छ| यसले कला सृजनामा वा कला क्षेत्रले राम्रो राम्रो मानिसहरु पनि दिनानु दिन पाई रहेकै छ।
यसैविच पछिल्लो समय रंगकर्ममा अझै बढी युवाहरु लागी परेको पनि देख्न सकिन्छ| सामाजिक संजाल संगै विभिन्न संचारमध्यमहरुको विकास क्रम बढ्दै जाँदा युवा पुस्ता आफुले मन परेको काम गर्न र पर्दामा देखाउन खप्पिस देखिएका छन् ।
पछिल्लो समय रङ्गमंचमा काम गरेका कलाकारहरु छोटा चलचित्र निर्माणमा सक्रिय छन् | रङ्गमंचका एक प्रतिभा सन्दीप श्रेष्टले इक्युइलीब्रियम (निमेष) नामको छोटो चलचित्र बनाएर युट्युब मार्फत सार्वजनिक गरेका छन्।
स्ट्रीट नेपालको निर्माणमा बनेको उक्त छोटो चलचित्रलाई नबिन बाबु गुरुङले छायांकन गरेका छन् भने बिकाश जोशी, रन्जना ओली, पिटर प्रिन्स, बिनिता गुरुङ र पुजा लामाको अभिनय रहेको छ।
निकै नै कलात्मक ढंगले बनेको यस छोटो चलचित्र हेर्दा लाग्छ नयां पुस्ताले अबसर पाए राम्रा काम गरेर देखाउन सक्नेछन ।

हेर्नुस पुरा फिल्म