चिलीमा ७.६ म्याग्नेच्युडको भुकम्प

पुस ११, काठमाडौं – चीलिकोे दक्षिणक्षेत्रस्थित चिलोइ टापुको किलोइनमा केन्द्रबिन्दु बनाएर ७ं.६ म्याग्नेच्युडको भुकम्प गएको छ। अमेरिकन भुकम्प मापन केन्द्रले बताए अनुसार स्थानिय समय अनुसार आइतबार बिहान ११ बजेर २२ मिनेटमा गएको उक्त भुकम्पले गरेको क्षतीबिवरण आइसकेको छैन।

राष्ट्रिय आपतकालिन ब्यवस्थापन निर्देशक रिकार्र्डाे टोरोले बताए अनुअसार भुकम्प पछि सुनामी आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर ४ हजार स्थानियहरुलाइ सुरक्षीत स्थानमा लगिएको छ। ‘अहिले सम्म मानविय क्षती भएको समाचार आएको छैन।’ स्थानिय समाचारहरुले बताए अनुसार केहि महत्वपुर्ण राजमार्गहरुमा भने क्षती पुगेको छ। २२ हजार परिवारको बिजुली लाइन काटिएको छ।
सन २०१० मा चीलिमा आएको ८.८ म्याग्नेच्युडको भुकम्पले निम्त्याएको समुन्द्री आँधीका कारण ५ सय २४ जनाले ज्यान गुमाएका थिए।