मेसी चम्किएपछि बार्सिलोनाको प्रभावशाली जित

मंसिर २६, काठमाडौं – डिफेन्डङ च्याम्पियन बार्सिलोनाका लागि मेसी चम्किएपछि स्पेनिस ला लिगामा शानदार जित दर्ता गरेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ३–० ले हराएको हो। बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा लुइस स्वारेजले एक गोल गरे।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाका लागि ५९ औं मिनेटमा स्वारेजले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि कप्तान मेसीले ७२ औं मिनेटमा गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए। यस्तै इन्जुरी समयमा पुनः गोल गर्दै मेसीले भ्रमण टोली बार्सिलोनालाई ३–० को जित दिलाए।
गएरातिको जितपछि १५ खेलबाट ३१ अंक भएको बार्सिलोना शीर्ष स्थानको रियल मड्रिडभन्दा ६ अंकले पछि दोस्रो स्थानमा छ।