‘संघीयता खारेज नभए देश नै खारेज हुन्छ’ : अध्यक्ष केसी

मङ्सिर २०, काठमाडौं –  राष्ट्रिय राजनीतिमा चर्चित नाम हो, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै अध्यक्ष केसी ‘संघीयताविरोधी’ एक्ला बृहस्पतिका रूपमा चर्चामा आए ।

संघीयता लागू भयो भने देश बाँकी रहँदैन भन्दै आएका अध्यक्ष केसी अहिले पनि आफ्नो पूर्ववत् अडानमा कायमै रहेका छन् ।
नेपाल जस्तो देशमा एकात्मक व्यवस्थाको विकल्प संघीयता नभएको बताउने अध्यक्ष केसी संघीयता खारेज नगरिए त्यसले देश नै विलय हुने खतरा रहेको दाबी गरेका छन् ।
संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकमा आफ्नो असहमति रहेको उनले बताए । उनी भन्छन्, ‘संघीयता खारेजीको माग गर्दै संसद्मा संशोधन प्रस्ताव दर्ता गर्छौं ।’ इमान्दार राजनीतिज्ञका रूपमा हेरिने पूर्वउपप्रधानमन्त्री केसीसँग भएको कुराकानीमा उनले सो कुरा बताएका हुन् ।
कुराकानीका क्रममा उनले संघीयता कसैले बोकाइ दिएको गलपासो भएको समेत बताएका छन् । उनी भन्छन्, ‘आफ्नो मुलुकका लागि संघीय प्रणाली उपर्युक्त छ की छैन भनेर नेताहरूले विचार गरेनन् । कसैले यो संघीयताको गलपासो बोकाइ दियो, उनीहरूले बोके ।’
आजको कारोबार दैनिकमा समाचार छापिएको छ ।